डार्फर । सुडानी अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर क्षेत्रमा भिषण आक्रमणमा परी १०० भन्दा बढील ज्यान गुमाएका छन् ।
विस्थापित मानिसहरूका लागि अनिकाल प्रभावित शिविरहरूमा दुई दिने आक्रमणमा परी २० बालबालिका र ९ जना सहायता कार्यकर्ताहरूसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।
सुडानमा संयुक्त राष्ट्रका मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेता सलामीका अनुसार आरएसएफ र सहयोगी मिलिशियाहरूले जम्जाम, अबु शोरोक शिविर र उत्तरी दारफुर प्रान्तको प्रान्तीय राजधानी अल फाशर नजिकैको शहरमा आक्रमण गरेको थिए ।
‘शिविरहरू शुक्रबार र शनिबार फेरि आक्रमण गरियो,’ उनले एक बिज्ञप्तिमा भनिन, ‘जमजम शिविरका स्वास्थ्य पोष्टहरू मध्ये एकमा आक्रमण हुदाँ जना सहायता कार्यकर्ताहरू पनि मारिन पुगेका छन ।’
जम्जाम र अबु शौकले ७ लाख भन्दा बढी मानिसहरूलाई आश्रय दिइएको छ, जुन यस क्षेत्रमा विगतका लडाईहरूको क्रममा डार्फरमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।
‘यसले सुडानमा झण्डै दुई वर्ष अघि यो द्वन्द्व सुरु भएदेखि नै विस्थापित मानिसहरू र सहायता कार्यकर्ताहरूमाथिको क्रुर आक्रमणको श्रृंखलामा अर्को घातकप्रतिनिधित्व गर्दछ,’ उनले भनिन्।
प्रतिक्रिया