रवि रिहाईको माग गर्दै पत्नी अदालतमा


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध उनकी पत्नीले पुनरावलोकन रिट दायर गरेकी छन् ।
पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।