काठमाडौं । झापाको भद्रपुरबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।
उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक मार्गबाट उनलाई बाहिर निकालेको थियाे ।
अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ ।
तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।
प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।
प्रतिक्रिया