दुर्गा प्रसाईलाई आज काठमाडाै ल्याईदै

काठमाडौं । भारतकाे गुवाहटीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लाग‍िएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।

उनलाई नेपाल ल्याउने तयारी गरेकाे थाहा पाएपछि उनका दाजुसहित उनका समर्थकहरु सिमा क्षेत्रमा पुगेका छन् ।काँकडभिट्टा नाकामा उनलाई स्वागत गर्न भनेर बसिरहेका छन् ।