रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल हुने एजेन्डा तय भएकाे छ ।

जसअनुसार अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रममाथि चर्चा हुनेछ।

त्यस्तै, पार्टीको अधिवेशनसम्बन्धी तयारी, जनयात्रा कार्यक्रम र प्रदेश हेर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।