बल्खुमा सुरक्षा व्यवस्था कडा

काठमाडाैं । राप्रपा नेपालले प्रदर्शन गर्ने भएपछि काठमाडाैस्थित बल्खुकाे सुरक्षा व्यवस्था कडा बनाईएकाे छ ।

अहिलेसम्म प्रदर्शनकारीहरु भने भेला भैसकेका छैनन् ।उनीहरु नआईपुग्दै सडकमा सुरक्षाकर्मीहरु तैनाथ भैसकेका छन् ।

राप्रपा कार्यकर्ताहरू स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । पार्टीका नेताहरूको इन्ट्री हुने क्रम जारी छ । एकाध भारतीय मिडिया पनि आन्दोलनको रिपोर्टिङ गर्न आएका छन् ।

राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चनाखो बनेको बुझिएको छ ।