हेटौंडा । मकवानपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिहान करिब ३ बजेतिर मनहरी गाउँपालिका–९ खरंगास्थित पूर्व–पश्चिम राजमार्ग सडकमा ना ८ ख १८०९ नम्बरको बसको ठक्करबाट बाटो काट्दै गरेका एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–२ संगमटोल बस्ने ५८ वर्षीय जितबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनी बा.प्र ०१–००६ ख ६७१६ नम्बरको गाडीमा थिए । गाडी रोकेर शौच गर्नका लागि बाटो काट्दै गर्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको टाउको, छाति र दाहिने खुट्टामा चोट लागी गम्भिर घाइते भएका थिए । तत्काल उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएकोमा बिहान ३ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक धादिङको सिद्धलेक गाउँपालिका– ३ का २६ वर्षीय मोहन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया