राजावादी आन्दाेलनका क्रममा मारिएकाे पत्रकार रजककाे परिवार भेट्न पुगे देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई छाड्न नहुने बताएका छन् । आज तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै सभापति देउवाले दोषी कसैलाई पनि छाड्न नहुने बताएका हुन् ।

सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टीको निर्णय नै रहेको सुनाए । उनले राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनासहित धेरै निजी संरचना ध्वस्त पारिएको बताए ।

रजकको परिवारले घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेको थिए । रजकको परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेको थियो ।