राष्ट्रपतिद्धारा हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेलले हिउँदे अधिवेशनको अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दुबै सदनको आज राति १२ बजेबाट लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालू अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।