नेप्सेको सिइओमा चुडामणि चापागाई

काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाईलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।


चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेपनि उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले सीइओमा चापागाई नियुक्त गरेको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । लुइटेललाई सीइओ बनाउने मन्त्रिपरिषद्मा माइन्युट नभएको र धेरै विरोध भएपछि चापागाईलाई सोमबार बसेको मत्रिपरिषद्ले सीइओ नियुक्त गरेको हो । सञ्चार मन्त्रीले निर्णय सार्वजनिक गर्न बाँकी नै रहेको छ ।