प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी थाइल्याण्डको औपचारिक भ्रमणको निम्ति त्यता प्रस्थान गरेकमा हुन् ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को छैटौ शिखर सम्मेलनमा भाग लिनेछन् ।


ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामाा त्यहाँ गएका हुन् । उनी चैत्र २३ गते नेपाल फर्कने कार्यसूची रहेको छ ।