राप्रपा संसद दीपक बोहराको निधन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ ।

उनी रुपन्देही ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

घाँटीसम्बन्धी समस्याबाट पीडीत बोहरालाई पछिल्लो समय पेटसम्बन्धी स्वास्थ्य समस्याले सताएको थियो ।