काठमाडाैं । तीनकुने क्षेत्रमा लगाईएकाे कर्फ्यु हटेकाे छ ।
अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसाेदेखि ७ बजेसम्मको लागि कफर्यु आदेश जारी गरिएको थियो ।
स्थितिलाई मध्यनजर गर्दै आज बिहान ७ बजेसम्म कर्फ्यु लम्ब्याईएकाे थियाे ।
प्रतिक्रिया