काठमाडौं ।महा यज्ञ आयाेजना गर्न दलित परिवारलाई हटाएपछि सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएका छन्।
उनलाई तानेर सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
घटनाका विषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया