काठमाडौं । नेकपा (एमाले) को स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सरकार ढल्ने सपना पूरा नहुने प्रस्ट तस्वीर देखाउनु भएको छ । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै यस्तो बताएका हुन्।
संयोजक ढकालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले नचाँहासम्म अरुले डोरी लगाएर हल्लाए पनि नढल्ने बताए ।
उनले सरकार ढल्छ भन्ने, ढल्यो भन्नेहरुलाई दुई पटक ढल्ने भन्दै व्यङ्ग्य गरे । उनले विग्रिएको घडीले समेत दुई पटक सहि समय दिने भन्दै यो सरकार सात बुँदे सहमति अनुसार देउवालाई हस्तान्तरण गर्ने बेलामा र ०८४ को नयाँ निर्वाचनपछि अर्को सरकार बनाउन ढल्ने दाबी गरे ।
उनले अहिले बलियो सरकार रहेकाे भन्दै सञ्चार क्षेत्रका समस्या समाधानका लागि दिएका सुझाव छलफलका माध्ययमबाट लागू गर्ने कुरामा सरकार सकारात्मक रहने पनि बताए । उनले ०८४ काे निर्वाचनमा एकल चुनाव लड्ने पनि बताए ।
उनले जनसंगठनका अध्यक्षकाे गरिमालाई प्रभावकारी बनाउन जनसंगठनहरुका कार्यक्रममा साेही संगठनका अध्यक्षलाई प्रमुख अतिथि बनाउने प्रयासकाे थालनी गरेकाे पनि बताए ।
कार्यक्रम आयाेजन गर्ने जनसंगठनहरुका सम्मेलन, अधिवेशनहरुमा आयाेजकहरु भन्दा वक्ताहरुअरुअरु नै बढी हुने र अन्तिममा अध्यक्षकाे मर्यादा नै ओझेल पर्ने भएकाले नयाँ प्रावधानकाे व्यवस्था गरेकाे उनको भनाइ थियाे ।
उनले कार्यक्रमहरुमा धेरै वक्ता राख्ने कुरा पनि सामन्तवादकाे अवशेष भएको उल्लेख गरे । उनले याे नयाँ अभियान भएकाले जागरण ल्याउने अभियान भएको पनि उल्लेख गरे । राम्रो कामकाे अनुसरण गर्नुपर्छ भन्दै याे अभियान जाेगाउने अभियानमा हामी सबै लाग्नुपर्छ भने।
ठूलो कमिटी र पदाधिकारीकाे भारिले थिचिएकाे भन्दै त्यसलाई सुधारेर नयाँ प्रणालीमा ल्याएकाे उल्लेख गरे । अनुसुचि ए र वि राखेर प्रणाली बनाएकाे भन्दै अब ए मा १५१ र वि मा ९९ अङ्कसम्म बनाउने व्यवस्था रहेकाे उनको भनाइ छ । उनले चाैतारीलाई पनि विधान संशाेधनमा याे ख्याल गर्न आग्रह गरे । याे सकारात्मक व्यवस्था रहेकाे भन्दै अब ९ पदाधिकारीको व्यवस्था हुने पनि बताए। उनले ९ पदाधिकारीमा आर्थिक हेर्ने गरि सचिवको समेत व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो।
उनले सम्मेलनबाट आउँदा परिभाषित जिम्मेवारीमा आउने गरी यस्ताे व्यवस्था गरेकाे समेत उल्लेख गरे। ०८१ भित्र १६ वटा नजनवर्गीय संगठनकने सम्मेलन गर्ने तयारी भएको भन्दै १६ मध्ये चाैतारीले तेस्रो सम्मेलन गर्न लागेकाे भन्दै सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिनेमा आशावादी रहेकाे बताए ।
उच्चसमझदारीका साथ सहमतिमा नेतृत्व चयन हुने छ र सर्वसम्मत उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्नेमा चाैतारी लाग्ने छ भन्नेमा पनि आशावादी छु । उनले अरुले भन्दा राम्रो र गतिशील काम गर्न सञ्चार क्षेत्रमा लागेका साथीहरू लाग्नुहुने छ भन्ने पनि आशा रहेको उल्लेख गरे।
कार्यक्रममा चौतारीका इन्ञार्ज तथा पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम सञ्चार विधेयक सञ्चारकर्मीको हितमा हुने गरि आउने प्रतिवद्ता व्यक्त गरे।
चौतारी अध्यक्ष गणेश बस्नेतले म बाहेक सबै रुपान्तरण हुने भन्ने होइन पहिला म रुपान्तरण हुने अनि अरु रुपान्तरण गर्ने गरि लाग्नुपर्छ भन्ने उदेश्यसहित चौतारी लागेको वताए।
हाम्रो कमजोरी के ? के सुधार गर्नुपर्छ भन्ने पहिचान गरेर अघि बढेकाे पनि उल्लेख गरे । तथ्यका आधारमा सत्य स्थापित गर्ने गरि लागेकाे पनि उल्लेख गरे ।
हरेक क्षेत्रमा समस्या रहेकाे भन्दै आफ्नाे कमजोरीका बारेमा ख्याल नगर्ने राेग हामीमा पनि भएको भन्दै सुधार गर जानुको विकल्प नरहेकाे उल्लेख गरे। उनले गणतन्त्रको फल जनताको विचमा पुर्याउनुपर्छ भनेर दुई ठूला दल नेपाली कांग्रेस र एमालेन नेतृत्वको सरकार बनेकाे पनि उल्लेख गरे।
उनले समृद्ध मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिकामा हुनपर्छ भन्नेमा चौतारी दुविधामा नरहेको पनि उल्लेख गरे।
उनले मर्यादित पत्रकारिता गर्न सबैलाई आग्रह गरे।
नेपाली प्रेस ०६४-०६५ देखि अराजकतातिर लागेको हो कि भन्दै त्यो सधैंभरी नचल्ने उल्लेख गरे। उनले अराजकतालाई प्राेत्साहन दिएर अघि बढ्न नसक्ने दाबी गरे ।
उनले एक-अर्का संगठनका सकारात्मक कामको अनुशरण गरेर अघि बढ्न पनि आग्रह गरे । सञ्चारका मुद्दामा अहिलेको नेतृत्वको सरकारले स्वतन्त्रता हनन् हुने, मानवअधिकार हनन् हुने काम गर्ने छैन । त्यो गर्यो भने हामी एकजुट भएर लाग्नेछौ । उनले चाैतारी गुट विहिन रहेको भन्दै सबै ठाउँमा सहमतिमा नेतृत्व चयन भएको स्मरण गराए ।
केही ठाउँमा चुनाव भए पनि त्यहाँ समेत सौहार्दपुर्ण वातावरणमा भएको समेत स्मरण गराए ।
उनले नागरिकलाई भन्दा बढी अधिकार प्रेसलाई चाहिन्छ भन्ने किताब कहिँ नपढेकाे पनि उल्लेख गरे।
उनले समाचार लेखेकै भरमा लगाउने साइवरक्राइमको मुद्दाका विषयमा पनि उहाँले आफ्नो विमति रहेको उल्लेख गरे। उनले षड्यन्त्रमुलुक ढंगले आफुमाथि लगाएको मुद्दा जितेको पनि उल्लेख गरे। उनले लड्नु पर्ने ठाउँमा भाग्ने अनि नलड्नु पर्ने ठाउँमा विज्ञप्ति निकाल्ने महासंघ पनि अब सुर्धिनेमा आशावादी रहेको वताए ।
कार्यक्रममा चौतारीका पदाधिकारी, एमाले वाग्मतीका उपसचिव भक्तकुमारी लामा, प्रेस युनियन, प्रेस सेन्टरलगायतका प्रतिनिधिले पनि बोलेका थिए।
प्रतिक्रिया