काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रीपरिषद् स्तरबाट ३ दिने स्पष्टीकरण सोधेको छ ।
हिजाे बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधिएकाे हाे ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको छ । उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका थिए । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।
प्रतिक्रिया