मधेश भवनमा मधेश सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

जनकपुरधाम । जनकपुरधामस्थित मधेश भवनमा मधेश सहिद प्रतिष्ठानका सदस्य नरेश यादव नै मृत फेला परेका छन् ।

सदस्य यादव आज बिहान आफ्नै निवासको ओछ्यानमै मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन् ।

मृत फेला परेका यादवले ओछ्यानमा बान्ता गरेका छन् । डीएसपी सिंहले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताए । उनकाे मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको समेत उनले बताए ।