काठमाडाै । थापाथलीमा मेलम्ची खानेपानीकाे पाइप फुट्दा सडक अवरुद्ध हुन पुगेकाे छ ।
पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ । थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो
यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।
प्रतिक्रिया