टोखामा गोली हानेर समातियो हत्याआरोपीलाई

काठमाण्डौं । भक्तपुरको गठ्ठाघरमा हत्या गरीएका गुड्डु पटेल हत्या काण्डका मुख्य अभीयुक्त लाई प्रहरीले गोली हानेर समातेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई टोखामा गोली चलाएर समातेको हो ।

प्रहरीले तीन राउण्ड गोली चलाएको छ । एक राण्न्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको स्रोतले जनाएको छ। पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

२०७९ असोजको पहिलो साता गोली हानी हत्या गरिएका लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले काठमाडौंमा गोली हानेर नियन्त्रणमा लिएको हो । काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङ रहेका थिए ।

मोहम्मदको हत्या किन भएको थियो भन्नेबारे प्रहरीले त्यसबेलादेखि नै अनुसन्धान गरिरहेको थियो । प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । उनै पटेललाई आइतबार गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।