इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा

काठमाडौँ । इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् ।

बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् ।सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् ।

आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो ।४७ बर्षिय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।