तेमालमा बस दुर्घटना एकको मृत्यु

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।धादिङबाट बिवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस टर्निङ व्याक गर्ने क्रममा आज बिहान ५ः४० बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।