काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको सरकार एमालेकरण भएको आरोप लगाएका छन् । आज काठमाडौमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘उनले कार्यक्रममा बोल्दै भने मलाई डर लागिरहेको छ, चिन्ता लागिरहेको छ यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टहरूमा मात्रै हुनसक्छ। साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ। यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ। अब वडामा बाँकी छ। वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ। लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन। कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ,’ ।
भने, ‘हामी सरकार बाहिर छौं, सत्ता पक्षमा छौं तर सरकारमा छैनौं हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिष्पर्धी पनि हौं, भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा कांग्रेसका १० मन्त्री र दुई राज्यमन्त्री छन्।
उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक भर्खर संसदमा गएको र छलफल हुन बाँकी नै रहेको बताए।
‘तर जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ। नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन। कुनैपनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरूसँग छलफल गरी यो विधेयक ल्याउन जरूरी । यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सशुासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठूला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ,’ उनले भने।
प्रतिक्रिया