प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एक जना समातिए

काठमाडौ । प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले समातेको छ । धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति व्यक्तिले हिजो (मंगलबार) राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु लिएर जाइ लागेका थिए ।


चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ वर्षीय टेकबहादुर टमटालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानाएको छ ।

प्रहरीका अनुसार आक्रमण प्रयासमा उत्रिने धनगढी उपमहानगरपालिका(१४ निवासी टमटा हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।