चितवन । चितवनको साराहा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएर चिवन जिल्ला अदालतमा बयान दिन पुगेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको हो।
आज लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र जगन्नाथ पौडेललगायतले बहस गरे भने उनीहरूको बहसपछि सरकारी वकिलले जबाफी बसह सकेसँगै थुनछेक बहस सकिएको हो।
बहस सकिएपछि उक्त मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने न्यायाधीशले आदेश गर्नेछन्।
यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलनमा लामिछानेलाई ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख र रूपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाडेको थियो। आज कस्तो आदेश आउने हो त्यो जान्न चाहि केहीबेर कुर्नुपर्ने भएको छ ।
प्रतिक्रिया