काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन् । उनी हिजो राति नै स्थल मार्गबाट चितवन पुगेका हुन् । उनीसहति १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भर्एपछि उनी चितवन पुगेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।
रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार रवि गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने वा नहुने टुंगो भने भएको छैन । भुसालले भने, ‘उहाँ गाडीबाट नै राति आइपुग्नुभएको हो । तर आज नै अदालतमा उपस्थित हुने वा नहुने भन्ने टुंगो छैन । केही समयपछि थाहा होला ।’
प्रतिक्रिया