ठूलो मात्रामा नागरिक रोजगारीको खोजीमा विदेशिएका कारण मैले सकेसम्म उनीहरुलाई देशमै राख्नका लागि कृषि क्षेत्रको विकास गर्नुपर्छ भनेर आफ्नो धारणा राख्दै आएको छु । युवा जनशक्ति विदेशिन नपरोस् भनेर कृषि विकास मन्त्रालयमा मैले आफ्नो योजना र अवधारणा पनि बुझाएको छु । कृषि क्षेत्रको विकासका लागि यी र यस्ता योजना बनाएर अगाडि बढौँ भनेर मैले सम्बन्धित निकायलाई घच्घच्याउने काम पनि गरेको छु । कृषक र कृषि क्षेत्रलाई प्रोत्साहन दिएको खण्डमा आफ्नो देशको उत्पादन आफैँमा खपत गर्न सकिन्छ । रोजगारीको अवसरमा पनि वृद्धि हुन्छ भनेर सांसदका तर्फबाट सरकारलाई र सम्बन्धित मन्त्रालयलाई आफ्नो अवधारणा र कार्ययोजना समेत पेस गरेको छु ।
गरिब जनताको हितका लागि हामीले काम गर्नुपर्छ । महङ्गी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ । गरिब एवं आर्थिक रुपमा विपन्न वर्ग एवम् लक्षित समुदायको हितमा काम गर्नुपर्छ । संविधान संशोधन गर्ने भनेर नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच भएको सहमतिका आधारमा अगाडि बढ्दा हाल संविधानमा भएका सकारात्मक व्यवस्था कायम रहोस् भन्ने मेरो चाहना छ । पार्टीमा पनि मैले यही कुरा राख्दै आएको छु ।
सांसद वीनाकुमारी थनैतको परिचय
नेपाली कांग्रेसका सांसद बीनाकुमारी थनैतको जन्म २०२८ साल असोज १८ गते भएको हो । थारु समुदायबाट प्रतिनिधित्व गर्नुहुने उनको स्थायी ठेगाना गण्डकी प्रदेश नवलपुर कावासोती–७ टरुवा टोल हो । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनु भएकी सांसद थनैत विद्यार्थीकालदेखि नै राजनीतिक रुपमा नेपाली कांग्रेसमा आवद्ध भएको थियो । २०६१ सालमा कावासोती महिला माछापालन समूहको संस्थापक अध्यक्ष भएर १३ वर्ष काम गरे । विसं २०६४ को संविधानसभा सदस्यमा तराई –मधेश लोकतान्त्रिक पार्टीबाट प्रत्यक्ष चुनावमा भाग लिएका थिए ।
(सांसदसँग रासस सम्वादका लागि सांसद थनैतसँग समाचारदाता रमेश लम्सालले गर्नुभएको कुराकानीको सम्पादित अंश)
प्रतिक्रिया