समाजवाद ल्याउन नसकेे मृत्युुदण्डका लागि तयार छुः वामदेव गाैतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने दावी गरेका छन् ।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए का हुन्। उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए ।

अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।

उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताए । गौतमले संविधानबमोजिम के कति सङ्ख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए । उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए ।