काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग भिड्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन्।
प्रतिक्रिया