धनगढी । धनगढीमा एक जना व्यक्तिले आफ्नै घरमा आगो झाेसेका छन्।
धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा आज आगो लगाएको प्रहरीले जनाएको छ।
उनले मदिरा सेवन गरी आफ्नै कच्ची घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ। उनी अहिले फरार रहेको जनाइएको छ।
प्रतिक्रिया