जनताकाे जल्दाे बल्दाे समस्या समाधानका लागि अध्यादेश ल्याईएकाे हाे: पाेखरेल

चितवन ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्नका साथै सेवा प्रवाह र लगानीकाे वातावरण बनाउन  अध्यादेश ल्याएको बताएका छन् ।

आज एमाले रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशन उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्ताे बताएका हुन ।

नेता पोखरेलले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारे । उनले वर्षौंदेखि जकडिएको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए । अध्यादेश पास भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुत गतिमा अगाडि बढ्ने बताए । अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुसासनको काम द्रुत गतिमा अगाडि बढ्ने पनि पोखरेलले बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सहकार्य भएको स्पष्ट पारे। मुलुक अफ्ठयारोमा पर्दा कांग्रेस र कम्युनिष्टहरू मिल्ले गरेको चर्चा गरेका पोखरेलले २०८४ को निर्वाचनमा भने दुई दल बीच प्रतिस्पर्धा हुने पोखरेलले बताए ।