कट्टा हान्दिन्छु भन्ने गीत गाउने गायिका एलिना चाैहानले आफ्नै पतिबिरुद्व कट्टा बर्साउँदै

काठमाडौ । बेला बेला चुप्पा गर, मनको माया फुक्का गर, मान दिनेलाई मान्छ है, सान दिनेलाई शान दिन्छु, मलाई धोका दियौ भने माँ कसम कट्टा हान्दिन्छु भन्ने बोलको गत गाएकी गायिका एलिना चौहानले अन्ततः आफ्नै पतिमाथि कट्टा प्रहार गर्ने भएकीछिन् । उनले वारेसमार्फत आफ्ना पति विष्णु सापकोटाविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गर्दै पतिमाथि कट्टा बर्साउन लागेकी हुन् ।

गायिका चौहानले चौहानले आफूमाथि सापकोटाले शंका उपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेका हुन ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने।