धनगढी । नेकपा (एकीकृत समाजवादी) कैलालीले नगर, गाउँ र वडा संगठन कमिटीका भेलाहरु तिव्र पारेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको नगर भेला बाट शुरु भएको अभियानले पालिकाका विभिन्न वडाहरुमा संगठन विस्तार र भेलाहरु गरेको छ ।
बुधबार गौरीगंगा नगरपालिकाको वडा नं ५ अण्डैयामा अधिवेशन गरेर नयाँ कमिटी चयन गरेको छ । मनिराम विकको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको हो ।
पार्टी कैलाली इन्चार्ज एवम् सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्य मन्त्री दीर्घ सोडारीको विशेष उपस्थितीमा भेला सम्पन्न भएको थियो । भेलामा पार्टीका प्रदेश कमिटी सदस्य हेमकर्ण वि.क. नगर अध्यक्ष ललित बोहरा, पुर्व वडाध्यक्ष जगत विक लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।
पार्टीको माघ ८ गते धनगढीमा बसेको जिल्ला कमिटीको बैठकले भेला, अधिबेशन तिब्र पार्न तल्ला कमिटीहरुलाई निर्देशन गरेको थियो । यस्तै जिल्ला कमिटीको निर्णय अनुसार १२ गते चुरे गाउँपालिकाको भेला, माघ १६ गते टिकापुर नगरकमीटी, जानकी र जोशीपुर गाउँकमीटिको बैठक, माघ १९ गते गोदावरी नगर कमिटीको भेला, माघ २५ गते बर्दगोरीया गाउँकमिटीको अधिवेशन, माघ १८ गते धनगढी उपमहानगर कमिटीको भेला, माघ २८ गते भजनी नगरकमिटीको अधिवेशन, माघ १७ गते घोडाघोडी नगर कमिटीको भेला गर्ने निर्णय गरेको छ । यसै गरी अनेरास्ववीयूको १९ गते र युवा संघ फाल्गुन १० गते जिल्ला भेला गर्ने निर्देशन समेत दिएको छ । युवा संघको जिल्ला कमिटीको बैठक कैलालीको घोडाघोडीमा जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको युवा संघका जिल्ला संयोजक अमित बोगटीले जानकारी दिए ।










प्रतिक्रिया