नेकपा एमालेको विधान अधिवेशन आगामी भदौमा हुने

काठमाडौ । सत्तारुढ दल नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने भएको छ । पार्टीको हिजो बसेको सचिवालय बैठकले २०८२ भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
सचिवालयको ४४ औं बैठकले माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रीत अभियान प्रभावकारी ढंगले संचालन गर्ने निर्णय गरेको छ । अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने छ।
यस्तै अनुमोदन गर्न वाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ।

यस्तै वामदेव गौतम् नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय समेत गरेको छ।