युवक मृत फेला, हत्याकाे आशंका

महाेत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित बस्ती छेउमा एक युवकको शव अर्धनग्न अवस्थामा मृत भेटिएको छ ।

शव स्थानीय पूर्व गाविस अध्यक्ष गोखुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र यादव रहेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

प्रहरीले घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गर्दै घटनास्थलमा ‘डग’ टोली समेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एसपी नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगेको हो । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिए जस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तथापी एसपी पोखरेलले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने बताए ।