राैतहट । सशस्त्र प्रहरीले रौतहटमा शनिवार राती कटुवा पेस्ताेलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने २६ वर्षीय धनञ्जय कुमार झा रहेका छन् । उनकाे साथ बाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली फेला परेकाे छ ।
भारतीय सीमानाका सँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका नजिकै रहेको सुनिल होटलमा खाजा खाइरहेका अबस्थामा सशस्त्र प्रहरीले चेकजााच गर्दा उनलाई पक्राउ गरिएकाे हाे । खाजा खाइरहेका उनीसहित शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको र झालाई भने पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले झालाई पक्राउ गर्नुको साथै उनले प्रयोग गरेको बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिएका हुन् ।
प्रतिक्रिया