देउवा निवासमा कांग्रेसकाे संसदीय दल र मन्त्रीहरुकाे संयुक्त बैठक जारी

काठमाडाै । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बसिरहेकाे छ।

सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीवाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बसिरहेकाे हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहीबार बिहान ८ः०० बजेबाट शुरु भएकाे हाे । सो क्रममा बैठकमा दलबाट ओली सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी रहेकाे छ ।

सो बैठकमा ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी भएका छन् ।