रवि लामिछानेकाेथुनछेक बहस आज पनि

काठमाडाै । रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रामिछानेलाई केहि बेरअघि अदालतमा उपस्थित गराइएको हो । आइतबार आफैं अदालत उपस्थित भएका लामिछाने हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा आइतबारै उनको बयान लिइएको थियो । त्यसपछि सोमबार जाहेरवाला र सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो । त्यसदिन बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।