बुटवल । पूर्वी नवलपरासी अन्तर्गत विनय खाेलामा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुन पुगेकाे छ ।
पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिँएपछि सडकअवरुद्ध भएकाे हो । पूर्वी नवलपरासीका एसपी यादव ढकालले पुल भासिएको जानकारी गराउँदै पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताए।
वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको समेत उनले बताए ।
प्रतिक्रिया