हवाई टिकट नपाएपछि स्थालमार्गबाट काठमाडौ आउँदै रवि

काठमाडौ । जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी रकम बुझाएर हिजो साँझ रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौ फर्कदैछन् । हवाई टिकट नपाएपछि उनी स्थलमार्गबाट काठमाडौ आएका हुन् ।


रवि पोखराबाट हिंडिसकेको पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार हवाइ मार्गबाटै जाने तयारी भएपनि सचिवालयका सबै सदस्यलाई टिकट नपाएपछि स्थलमार्ग हुँदै काठमाडौ आईरहेका हुन् ।