प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएकाे भेटमा उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरूबीच छलफल भएको हो । 

उनीहरूबीच संयुक्त समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ । सरकारले संसद अधिवेशन बोलाउन आलटाल गरेको भन्दै प्रमुख प्रतिपक्ष माओवादीसहित विपक्षीहरुको असन्तुष्टि रहँदै आएको छ । माओवादी केन्द्रको मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग औपचारिकरुपमै माग गरेको छ ।