काठमाडाै । सहकारीकाे रकम हिनामिना प्रकरणमा मुछिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला दस लाख धराैटी बुझाएर रिहा भएकी छिन् ।
उनलाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेकाे हाे ।
आज अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
कोइराला सहकारी ठगी प्रकरणमा फरार रहेकी थिइन्। उनी आज मात्र अदालतमा उपस्थित भएकी थिईन ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार भएकी थिइन्।
प्रतिक्रिया