सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु, चालक फरार

http://roadmapnews.com/wp-content/uploads/2024/08/cropped-logo.jpg

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्याक्टर चालक फरार भएका छन्। आज बिहान छत्रेश्वरी गाउँपालिका– १ भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए ।

भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको बस्नेतले बताए ।