काठमाडौ । आज बिहान गएको भूकम्पका कारण चीनमा ९५ जनाको मृत्यु भैसकेको छ भने त्यसले नेपालमा पनि भौतिक क्षति पुर्याएको छ । तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुगेको विवरण प्राप्त भएको छ ।
कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको बताए । उनका अनुसार ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ ।
ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका( ५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । ४ वटा घरमा आंशिक क्षति पुगेको छ ।
भुकम्प आउँदा आत्तिएर फा हान्दा काठमाडौमा एक जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका(१० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम फालेका हुन् । आफ्नै तीन तले घरको १।५ तला माथिबाट हाम फाल्दा भुईंमा लडेर घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ ।
प्रतिक्रिया