नेकपा एसका केन्द्रीय सदस्य चेपाङ एमालेमा फर्किए

काठमाडौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन्।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज रहेका चेपाङलाई पार्टी प्रवेश गराएका हुन्।

चेपाङ जापितको जातीय संस्था नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्ष समेत रहेका गोविन्दराम संविधानसभा सदस्य हुन् ।