राप्ती नगरपालिकाका मेयर शमशेर लामा र भराजपा नेता जिवेश कुमारबीच भेटवार्ता

भण्डारा । चितवनको राप्ती नगरपालिका मेयर शमशेर लामा र भारतीय सरकारका पुर्वमन्त्री एवंम भाजपा नेता जिवेश कुमारबीच शिष्ट्रचार भेटवार्ता भएको छ ।


आज राप्ती नगरपालिकाको कार्यालयमा मेयर लामा र पुर्वमन्त्री एवंम भाजपा नेता कुमारबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा आपसी सहयोगमा साझेदारीको बिषयमा छलफल भएको मेयर लामाको सचिवालयले जनाएको छ।


नगरपालिका प्रमुख लामाका अनुसार यो भेट पछि नगरवासीको शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा भारत सरकारको तर्फवाट सहयोगको अपेक्षा रहेको बताए ।
भटकै क्रममा पुर्वमन्त्री कुमारले नेपाल र भारतको सम्बन्धलाई भेटले अझै सुमधुर बनाउने विश्वास व्यक्त गरेका छन्।