बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुरका लागि हिडेको जहाज काठमाडौ डाइभर्ट

काठमाडौ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौ डाइभर्ट भएको छ । जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं नै डाइभर्ट गरिएको हो।
आज बिहान १०ः३८ बजे उडेको बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका हुन् ।

जहाजलाई उडेको ३७ मिनेटमै ११ः१५ बजे सुरक्षित अवतरण गरिएको थियोे । अहिले प्राविधिक टोलीले विमानको जाँच गरिरहेको कम्पनीले जनाएको छ ।