काठमाडाै । हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेकाे हाे ।
हिजाे साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ । सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात हुनेछ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । काठमाडौंमा बदली मात्र हुनेछ ।
प्रतिक्रिया