पाेखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नभेटेपछि सहकारी पीडितहरु आक्राेशित भएका छन् ।
नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज दिनभर थापा राजनीतिक भेटघाटमा व्यस्त भएपछि उनलाई सहकारी पीडितले भेट्न नपाएका हुन् ।
सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतको टोली उनलाई भेट्न भनी आएका थिए । तर महामन्त्री थापाले भेट्न इन्कार गरेपछि किरण श्रेष्ठ त्यत्तिकै फर्किएका थिए । सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न नमानेको बताइएको छ ।
यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न रास्वपा समर्थक पनि पुगेका थिए । पार्टी कार्यालय अगाडि सहकारी बचतकर्तासँग हात हालाहाल पनि भयो ।
उनीहरुले पार्टी कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया