सर्वेन्द्रले पार्टी छाेड्दा गाेकुलकाे यस्ताे कटाक्ष

काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् । झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनको तर्क छ ।

आज बिहान सामाजिक सन्जालमा बास्कोटाले लेख्दै छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।

उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’