सुस्मिताका ब्वाईफ्रेण्ड भनिएका युवक पनि झुण्डिएकाे अवस्थामा भेटिए

काठमाडाै । काठमाडौंको गाैशलाकाे एक होटेलमा मृत भेटिएकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक पनि मृत्त भेटिएका छन् ।

सुस्मिताको प्रेमी भनिएका फरार युवक आज दिउँसो झुण्डिएको अवस्थामा फेला परेकाे प्रहरीले वनाएकाे छ । ओखलढुङ्गाका २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा आज मृत फेला परेको प्रहरीले जनाएको हाे ।

शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । ‘देवबहादुर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्, उनको बारेमा अनुसन्धान भइरहेको छ’, डीएसपीले खड्काले सुनाए । युवतीको मृत्युको कारण अझै खुलेको छैन । देवबहादुरसँगै पिंगलास्थानस्थित वागमती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी सुस्मिताको शव गएको बुधबार फेला परेको थियो ।सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । सँगै होटेलमा बसेका देवबहादुर घटनासँगै फरार थिए । सुस्मिता अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् । ओखलढुंगाका २३ वर्षीय थापासँग उनी होटलमा पुगेको बताइएको छ । त्यसको भोलिपल्ट बुधबार उनी मृत भेटिएकी हुन् । अनुसन्धानको क्रममा युतवीसँगै होटलमा बस्न आएका ती युवकले मृत युवतीको मोबाइल समेत लिएर गएको खुलेको थियो । युवती मृत भेटिएको कोठामा रेडबुलको बट्टा समेत भेटिएको थियो । अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी थिइन् । सुस्मिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् । युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार सुस्मिता ती युवकसँग प्रेम सम्बन्धमा थिइन्।